Logo
Logo

सुरु भयो गुँला पर्व


882
Shares

काठमाडौं ।  साउन शुक्ल प्रतिपदादेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु भएको छ ।

नेपाल संवत् अनुसार हरेक नवौं महिनामा यो पर्व मनाउने गरिन्छ । आजबाट १ महिनासम्म काठमाडौं उपत्यकाका नेवार समुदाय गुँला बाजा बजाउँदै बौद्ध स्थल, बिहार, बहाः बहीमा पुग्ने गर्छन् ।

स्वयम्भूमा बिहानैदेखि विभिन्न बाजा खलः बाट बाजा बनाउँदै स्तूप परिक्रमा गर्न पुग्नेको घुँइचो लागेको छ । यो पर्व विशेषगरी बौद्ध धर्मावलम्बीले मनाउने गर्छन् ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौं र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौं महिना भन्ने बुझिन्छ ।

प्रतिक्रिया दिनुहोस्