Logo
Logo

माओवादीद्वारा पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन


63
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रदेशका निर्धारित बैठकको समय परिवर्तन गरेको छ । शुक्रबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टीको स्थायी समिति बैठकले पूर्व निर्धारित प्रदेशस्तरीय बैठकको समय परिवर्तन गरेको हो ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ यही साउन २१ देखि २५ गतेसम्म जापान भ्रमणमा जाने भएकाले बैठक सारिएको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । आगामी साउन २१ गतेदेखि २५ गतेसम्म नेपाली जनप्रगतिशील मञ्चको निम्तामा अध्यक्ष प्रचण्ड जापान जान लागेको उनले बताए ।

शुक्रबार बसको बैठकले प्रदेश १ को २६ गते, मधेस प्रदेशको बैठक २ गते, लुम्बिनी प्रदेशको २९ गते र सुदूरपश्चिमको बैठक ४ गते बस्ने निर्णय गरेको छ । प्रवक्ता महराका अनुसार प्रवासको बैठक ६ गते, विशेष प्रदेशको बैठक ४ गते र सम्पर्क मञ्चको बैठक ८ गते बस्ने भएको छ ।

पदाधिकारीका बारेमा टुंगो लगाउन स्थायी समितिको बैठक भने साउन १५ गते बस्नेको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्