Logo
Logo

पूर्व अर्थमन्त्रीमाथिको आरोप पुष्टि भएन : लक्ष्मणलाल कर्ण


3.5k
Shares

काठमाडौं । विशेष संसदीय छानविन समितिका सभापति लक्ष्मणलाल कर्णले पूर्व अर्थमन्त्री जनार्दन शर्मामाथि लागेको आरोप पुष्टि हुन नसकेको बताएका छन् ।

आज शुक्रबार समितिले तयार पारेको प्रतिवेदन प्रतिनिधि सभामा बुझाउँदै सभापति कर्णले शर्मामाथि लगाइएको आरोप पुष्टि नभएको बताए । १ सय २९ पेजको प्रतिवेदन तयार पारेको बताउँदै त्यसमा केही फरक मत पनि रहेको कर्णले बताए ।

समितिले प्रतिवेदन दिन नसक्ने भनेर गरिएको प्रचारबाजीलाई झुटो सावित गरेको उनले बताए । समितिको छानविन सन्दर्भमा एमालेले गर्ने आलोचना कति सहि छ कति गलत छ त्यसका लागि समितिले तयार पारेको प्रतिवेदन अध्ययन गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्