Logo
Logo

माओवादीकै पहलमा सरकारले एसपीपीलाई पत्र लेख्यो : प्रचण्ड


2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रकै पहलमा सरकारले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी)मा सहभागी नहुने पत्र लेखेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बताएका छन् ।

शुक्रबार प्रेस सेन्टर नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै केपी शर्मा ओली नेतृत्वको सरकारले एसपीपी सम्झौता गरेको कुरा पेरिस डाँडाबाट आफूले पहिलोपटक सार्वजनिक गरेको र तत्काल सम्झौता तोड्न बालुवाटारमा गएर प्रधानमन्त्रीलाई भनेको बताए ।

एसपीपी सम्झौता गरेको खुलासा गरेपछि केही मान्छेहरूको टाउको दुखेको र उनीहरुले अर्थमन्त्रीले करको दर हेरफेर गरेको भनेर अनेक लफडा झिकेको बताए ।

प्रतिक्रिया दिनुहोस्