Logo
Logo

‘हनी ट्रयाप’मा पारेर बार्गेनिङ गरेको आरोपमा एक दम्पत्ति पक्राउ


4k
Shares

काठमाडौं । विभिन्न व्यक्तिलाई ‘हनी ट्रयापिङ’मा पारेर मोलमलाई गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । प्रहरीले सोलुखुम्बुका २४ वर्षीय शेखर बाँस्तोला र उनकी पत्नी २० वर्षीया रोजिना राउतलाई पक्राउ गरेको हो ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार उनीहरुले सामाजिक सञ्जालको माध्यमबाट चिजनान भएका पुरुषसँग अश्लिल कुराकानी गरेर फसाइदिने भन्दै मोलमोलाई गर्ने गरेका थिए ।

‘रोजिना राउतको श्रीमान्ले आफू साइबर ब्यूरोको प्रहरी निरीक्षक हो भन्दै परिचय गराउने गरेका थिए’ कोइरालाले भने । प्रहरीले यसअघि पनि नक्कली प्रहरी निरीक्षक बनेर हनी ट्यापिङमा पार्ने गिरोहलाई २ साउनमा समातेको थियो ।

प्रतिक्रिया दिनुहोस्