Logo
Logo

बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा किसान


504
Shares

बारा । सरकारले कृषिमा जनताको सहभागिता बढाउन सुरु गरेको कृषि बीमाबाट बाराका किसान भने पीडित छन् । लाखौँको लगानी हुने खेतीको बीमा गरेका किसानले बीमा वापतको रकम प्राप्त गर्न नसक्दा दोहोरो मारमा पर्न थालेका छन् ।

किसानलाई राहत दिने उदेश्यले ल्याइएको कृषि बीमा कार्यक्रमबाट बाराका किसान भने लाभान्वित हुन सकेका छैनन् । जिल्लाको उत्तरी क्षेत्रमा रहेको निजगढ केरा खेतीका लागि चिनिन्छ । यहाँका अधिकांश किसान केराखेतीमा आकर्षित छन् ।

ठूलो लगानीमा केरा खेती गरेका किसानले लगानीको सुरक्षाका लागि बीमा गरेका छन् । तर, बीमा कम्पनीको लापरवाहीका कारण किसान मारमा देखिन्छन् । यहाँका किसानले केरा खेतीको बिमा गरेको भएता पनि त्यसको लाभ लिन नसकेको गुनासो बढन थालेको छ ।

निजगढमा हावाहुरीले क्षति पुगेको केराको विवरण संकलन गर्न भनेर आएका बीमा कम्पनीका कर्मचारीहरु होटलमा बसेर क्षति भएको बराबरको विवरण नलिने र आफु खुसी विवरण तयार गर्ने गरेको खुलेको छ जसका कारण निजगढका पीडित केरा खेती गर्ने किसान चिन्तित बनेका छन ।

बारामा कृषि बीमाका लागि राष्ट्रिय बीमा समितिले हिमालयन जनरल ईन्स्योरेन्सलाई अधिकार प्रदान गरेको छ । तर उक्त बीमा कम्पनीले किसानका पीडामा मलम लगाउने भन्दा नुन छर्कने काम गरेको स्थानीयको गुनासो छ ।

इन्स्योरेन्सका शाखा प्रवन्धक शंकर पौडेललाई बिमाको रकम भुक्तानी माग्दा उल्टै किसानलाई तर्साउने, डर देखाउने गरेको किसानको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस्