एजेन्सी । श्रीलङ्काको प्रहरीले शनिबार ग्यास पसलमा अभद्र व्यवहार गरेको आरोपमा १३ जनालाई पक्राउ गरेको छ ।
पक्राउ परेकाहरूमध्ये धेरैजसो मदिरा सेवन गरी ग्यास पसलको सुरक्षामा खटिएका प्रहरीको काममा अवरोध पु¥याउने प्रयास गरेकाहरू रहेको प्रहरीले जनाएको छ ।
सरकारी स्वामित्वको सिलोन पेट्रोलियम कर्पोरेशनले जुनको अन्त्यमा खुद्रा तेल वितरण बन्द गरी जुलाईको मध्यमा मात्र पुन: शुरु गरेको थियो ।
ऊर्जामन्त्री कञ्चना विजेसेखेराले यस हप्ताको शुरुमा ग्यास स्टेशनहरूले राष्ट्रिय इन्धन पास वा क्युआर कोड प्रणाली अगस्टदेखि मात्र स्वीकार गर्ने बताएका थिए ।
विदेशी मुद्राको सञ्चिति अभावका कारण श्रीलङ्काले फेब्रुअरी २०२२ देखि इन्धन अभावको सामना गरिरहेको छ ।