Logo
Logo

एसईई पुरक परीक्षा भदौ ११ र १२ गते हुने


126
Shares

काठमाडौं । माध्यामिक शिक्षा परीक्षा (एसईई)को ग्रेडवृद्धि (पुरक) परीक्षाका लागि आवेदन खुला भएको छ ।

२०७८ सालको परीक्षामा सहभागी भई ग्रेडवृद्धिका लागि परीक्षा दिन चाहने विद्यार्थीले यही भदौ ५ गतेसम्म आवदेन दिनुपर्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

विद्यार्थीले बढीमा २ विषयमा मात्रै पुरक परीक्षा दिन पाउने व्यवस्था छ । परीक्षामा सहभागी हुने विद्यार्थीले तोकिएको ५ सय राजश्व तिरी सम्बन्धित विद्यालयमा फाराम भर्न सक्नेछन् ।

परीक्षा भदौको ११ र १२ गतेका लागि तय भएको छ । पहिलो दिन अनिवार्य अंग्रेजी र एउटामात्रै विषयको परीक्षा दिनहरूको परीक्षा हुनेछ । साथै, दुई विषयको परीक्षा दिनेहरूले सानो कोड भएको विषयको परीक्षा ११ गते नै दिनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्