Logo
Logo

जुम्लामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु


378
Shares

खलङ्गा । जुम्लाको सिञ्जा क्षेत्रस्थित कनकासुन्दरी गाउँपालिका–१ बुलबुलेमा जीप दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा मुगु जिल्ला राराछाँयानाथ नगरपालिका–२ का २५ वर्षीय दीपक तिरुवा रहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए ।

उनले जिपको बे्रक फेल भएर दुर्घटना भएको हुनसक्ने बताए । जिप चालक दलबहादुर बुढालाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा ल्याउने तयारी भइरहेको छ । जिपमा अन्य पाँच जना यात्रु सवार थिए । अन्य सकुशल रहेको प्रहरीले जनाएको छ ।

सुर्खेतबाट मुगुका लागि छुटेको लु१ज ३७३४ नंको जिप आज बिहान दुर्घटना भएको हो ।

प्रतिक्रिया दिनुहोस्