Logo
Logo

माओवादीको स्थायी समिति बैठक स्थगित


2.3k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका आजका लागि तय गरिएको स्थायी समिति बैठक स्थगित भएको छ ।

आज आइतबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भनिएको बैठकमा पदाधिकारी चयन र पोलिटब्युरोबारे छलफल हुने बताइएको थियो ।

बैठकमा नेता जनार्दन शर्मालाई फेरि अर्थमन्त्री बनाउने कि नबनाउने भन्नेबारे समेत छलफल हुने कार्यक्रम थियो । बैठक बस्नुअघि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शर्मालाई फेरि अर्थमन्त्री बनाउने निर्णय गरिसकेका छन् ।

अध्यक्ष प्रचण्डले शर्माको नाम दिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले आजै शर्मालाई अर्थमन्त्री बनाउन सिफारिस गरेका छन् । राष्ट्रपतिबाट नियुक्ति भएपछि शर्माले आजै पद तथा गोपनियताको सपथ लिने तयारी छ ।

प्रतिक्रिया दिनुहोस्