Logo
Logo

सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक : निर्माण व्यवसायी


693
Shares

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासङ्घ एसोसिएट समन्वय समितिको एघारौँ भेलामा निर्माण व्यवसायीले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन सकारात्मक भएको बताएका छन् ।

कार्यक्रममा सहभागीले व्यवसायीमैत्री ऐन नियमका लागि निरन्तर खबरदारी आवश्यक भएको धारणा राखेका थिए । महासङ्घका मानार्थ सदस्यसमेत रहेका सङ्घीय सांसद जीपछिरिङ लामा शेर्पाले निर्माण उद्योगको सुधारका लागि नियमावलीमा मात्र नभइ ऐनमै संशोधन आवश्यक रहेको टिप्पणी गरे ।

निर्माण उद्योगलाई समृद्ध बनाउन निर्माण व्यवसायीका साथै कर्मचारी पनि उत्तिकै जिम्मेवार हुनुपर्ने उनले बताए । नेपाल निर्माण व्यवसायी महासङ्घका अध्यक्ष रवि सिंहले सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधन आएसँगै सङ्कटमा रहेको निर्माण उद्योगलाई राहत मिलेको बताए ।

‘निर्माण उद्योगप्रति रहेको नकारात्मक प्रभाव चिर्दै यस पेसालाई सम्मानित बनाउने दायित्व व्यवसायीको काँधमा आएको छ’, अध्यक्ष सिंहले भने । समृद्धिका सारथी निर्माण व्यवसायीबिना भौतिक पूर्वाधारको विकास विस्तारले गति लिन नसक्ने उनको भनाइ थियो ।

महासङ्घका निर्वतमान अध्यक्ष विष्णुभाइ श्रेष्ठले निर्माण उद्योगको विकासबाट मात्र देशको समृद्धि सम्भव भएको धारणा राखे । महासङ्घका वरिष्ठ उपाध्यक्ष आङदोर्जी लामा (एडी)ले व्यवसायीलाई आफ्नो क्षमता अनुसारको मात्र काम गर्न सुझाव दिए ।

महासङ्घका महासचिव रोशन दाहालले विदेशीले जिम्मा लिएका नेपालका निर्माण परियोजनाको हालत अत्यन्त खराब रहेको बताए । विदेशी निर्माण व्यवसायीको तुलनामा नेपाली व्यवसायीले नै राम्रो काम गरेको उनको दाबी थियो ।

महासङ्घका उपाध्यक्ष समेत रहेका एसोसिएट समन्वय समितिका संयोजक रामजी पन्तले रु २५ लाखभन्दा बढीलाई रोजगारी दिएको निर्माण उद्योग चलायमान भए मात्र देशको अर्थतन्त्र मजबुत हुनसक्ने तर्क गरे ।

निर्माण व्यवसाय प्रबद्र्धन तथा व्यवस्थापन कार्यान्वयन समितिका अध्यक्ष शिवप्रसाद नेपालले निर्माण व्यवसायीले गरेका राम्रा कामको प्रचारप्रसार हुन नसकेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्