Logo
Logo

जनार्दन शर्मा अर्थमन्त्री नियुक्त


5.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा ‘प्रभाकर’ पुनः अर्थमन्त्री नियुक्त भएका छन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शर्मालाई अर्थमन्त्रीमा नियुक्त गरेका हुन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवाले सम्हाल्दै आएको अर्थमन्त्रालयको जिम्मेवारी शर्माले सम्हाल्ने गरी नियुक्ति गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ । शर्माले आइतबार नै राष्ट्रपति भण्डारीबाट शपथ लिने कार्यक्रम रहेको छ ।

आर्थिक वर्ष २०७९/०८० को बजेट पेश गर्ने अघिल्लो दिन करका दर हेरफेर गराउन अनाधिकृत व्यक्ति ल्याएको भन्ने आरोप लागेपछि तत्कालीन अर्थमन्त्री शर्माले असार २२ गते पदबाट राजीनामा दिएका थिए ।

सोही दिन उनीमाथि छानबिन गर्न संसदीय विशेष समिति बनेको थियो । समितिले शुक्रबार आफ्नो प्रतिवेदन बुझाएको थियो । अनाधिकृत व्यक्ति प्रवेश गरेको प्रमाण नभेटिएको समितिको निष्कर्ष छ ।

प्रतिक्रिया दिनुहोस्