एजेन्सी । अफगानिस्तानमा आइतबार भएका दुई छुट्ताछुट्टै सडक दुर्घटनामा चार जनाको मृत्यु हुनुका साथै अन्य ११ जना घाइते भएका छन् ।
दक्षिणी जाबुल प्रान्तको प्रान्तीय राजधानी कलात बाहिर नोराक क्षेत्रमा स्थानीय समय अनुसार बिहान ६:३० बजे कार र ट्रक ठोक्किदा भएको पहिलो दुर्घटनामा महिला र बालबालिकासहित चार जनाको मृत्यु भएको छ भने अर्का एक बालक घाइते भएको प्रान्तीय प्रहरी प्रवक्ता जबिहुल्लाह जवाहरले जानकारी दिएका छन् ।
त्यसैगरी उत्तरी बाघलान प्रान्तको साङ-ए-सोरख क्षेत्रमा स्थानीय समय अनुसार बिहान ९ बजे भएको यस्तै अर्को सडक दुर्घटनामा विपरीत दिशाबाट आउँदै गरेको अर्को कारसँग कार ठोक्किएर दुर्घटना हुँदा १० यात्रु घाइते भएका छन् । तीमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरी अधिकारी कारी नाजिर अबिदीले बताएका छन् ।