Logo
Logo

पोखरामा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु


252
Shares

कास्की । कास्कीको पोखरा महानगरपालिका–२५ हेम्जामा हिजो साँझ ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा माछापुच्छ्रे गाउँपालिका–४ लाहाचोकका २७ वर्षीय नवराज नेपाली रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका नेपालीको उपचारका क्रममा मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

पोखराबाट हेम्जातर्फ जाँदै गरेको ग १७ प १९७० नम्बरको मोटरसाइकललाई ठक्कर दिएर फरार रहेका ग १ क ५१५२ नम्बरको ट्रक चालकको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्