Logo
Logo

मधेस प्रदेश : उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज


315
Shares

जनकपुरधाम । मधेस प्रदेश सरकाले धनुषाको जनकपुरधाममा सञ्चालनमा रहेको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय खारेज गर्ने निर्णय गरेको छ ।

आज बिहान मुख्यमन्त्री लालबाबु राउतको अध्यक्षतामा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्देशनालय खारेज गर्ने लगायत निर्णय गरेको हो ।

मन्त्रिपरिषद्को बैठकबाट पर्सा जिल्लाको वीरगन्जमा उद्योग विभाग स्थापना गर्ने र सिरहा जिल्लाको लहान, धनुषाको जनकपुरधाम र पर्साको वीरगंजमा १/१ वटा गरी तीन वटा पर्यटन विकास कार्यालय स्थापना गर्ने निर्णय समेत गरिएको मधेस प्रदेश सकारको प्रवक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्