Logo
Logo

नेकपाको सचिवालय बैठक : ३३ विभागको टुंगो लगाउने तयारी


- दृष्टि न्युज/संवाददाता

0
Shares

 

काठमाडौं, १३ साउन । पटकपटक स्थगित हुँदै आएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक सोमबार आज बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा अहिले दिउँसो ३ बजे बैठक बस्ने भएको नेकपाका नेता कृष्णगोपाल श्रेष्ठले जानकारी दिए । विभाग गठनका सम्बन्धमा कुरा नमिल्दा सचिवालय बैठक पटकपटक स्थगित भएको थियो ।
पार्टीको स्कुल विभाग प्रमुखमा नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठ र अर्का सचिवालय सदस्य ईश्वर पोखरेलमध्ये कसलाई दिने भन्नेमा कुरा नमिल्दा सचिवालय बैठक स्थगित भएको थियो । स्कुल विभाग प्रमुखमा भने नेकपाका नेता झलनाथ खनाल, धनश्याम भुसाल, बेदुराम भुसाल र राम कार्कीसमेतको जिकिर छ ।
संगठन विभाग प्रमुखमा वामदेव गौतम, विदेश विभाग प्रमुखमा माधवकुमार नेपालगायत सबैजसो विभागमा सहमति भए पनि निर्णय हुन भने बाँकी छ । सोमबार बस्ने बैठकले पार्टीका विभिन्न ३३ विभागको टुंगो लगाउने भएको छ । यसअघि गत साउन ५ गते बसेको बैठकले पार्टी जिल्ला इञ्चार्ज र सहइञ्चार्ज तोकेको थियो । सचिवालय बैठक बस्नुअघि बैठकमा छलफल गर्नका लागि पूर्वनेकपा (एमाले)बाट प्रतिनिधित्व गर्ने सवै सचिवालय सदस्यको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको छ ।
विभागको टुंगो लगाएपछि पार्टीले जनसंगठन इञ्चार्ज र विभिन्न कमिटी गठन गर्ने तयारी गरेको छ । विसं २०७५ जेठ ३ गते पार्टी एकता गरिए पनि अझैसम्म यसले पूर्णता पाइसकेको छैन

प्रतिक्रिया दिनुहोस्