Logo
Logo

भारत र नेपालमा एकैसाथ प्रदर्शन हुँदै ‘प्रेमगीत-३’


441
Shares

काठमाडौं । नेपाली चलचित्र ‘प्रेमगीत ३’ असोज ७ देखि भारत र नेपालमा एकैसाथ प्रदर्शनमा आउने भएको छ ।

चलचित्र ‘प्रेमगीत ३’ अब भारतमा पनि एउटै नाममा प्रदर्शन हुने भएको हो । चलचित्रलाई यसअघि ‘विश्वजितम’को नामले भारतमा प्रदर्शन गर्ने तयारी थियो । तर, नेपाल र भारतमा प्रचारका लागि एउटै नाम प्रयोग गर्दा फाइदा पुग्ने देखेपछि फिल्मको प्रतिलिपि लिएको कम्पनीले ‘प्रेमगीत ३’ कै नाममा फिल्म प्रदर्शन गर्ने भएको हो ।

फिल्मलाई भारतमा युएफओ, मधु इन्टरटेन्टमेन्टले वितरण गर्दैछ । सन्तोष फिल्म ओटीटी प्लेटफर्म अमेजनमा पनि प्रदर्शनमा आउने बताउँछन् । नेपाली चलचित्रलाई भारतमा प्रदर्शन गर्न पाउँदा दंग छन् फिल्मका निर्देशक एवं निर्माता सन्तोष सेन । ‘अब हाम्रो कला भारतीय बजारमा देखिँदैछ । त्यो नै हाम्रो लागि ठूलो खुशी हो । २ वर्ष हामी मुम्बई बसेर गरेको मिहेनत देखिँदैछ,’उनले भने ।

फिल्मलाई भारतमा प्रदर्शन गर्न हिन्दी भाषामा डब गरिएको छ । फिल्मको लगानी भारतमा प्रतिलिपि बेच्दा नै उठिसकेको थियो ।’प्रेमगीत ३’ छेतेन गुरुङको ड्रिम प्रोजेक्ट थियो । २०७७ भदौ २७ मा बितेका छेतेनले आफ्नो ड्रिम प्रोजेक्ट हेर्न पाउँने छैनन् । फिल्ममा छेतेन र निर्माता सन्तोष सेनको निर्देशन छ । अभिनेता प्रदीप खड्का, क्रिष्टिना गुरुङ, शिव श्रेष्ठलगायतको अभिनय छ ।

प्रतिक्रिया दिनुहोस्