काठमाडौं । निजामती सेवामा सचिवका दुई पद रिक्त भएका छन् । रिक्त पदमा बढुवाका लागि चार सहसचिवको सिफारिस भएको छ ।
प्रशासनतर्फ महेश्वर न्यौपानेले गत साता अवकाश पाएका थिए । सो रिक्त पदमा वरिष्ठताका आधारमा दीपक काफ्ले, नारायण शर्मा र दिनेश घिमिरेको सिफारिस भएको हो । उनीहरुमध्ये एक जनालाई मन्त्रिपरिषद्को बैठकले सचिवमा बढुवा गर्नेछ।
त्यस्तै, लेखापरीक्षणतर्फ महालेखा परीक्षकको कार्यालयमा रिक्त बिशिष्ट श्रेणीको नायब महालेखापरीक्षकको पदमा बिन्दु बिष्टको नाम सिफारिस भएको छ । बिष्ट महालेखा परीक्षकको कार्यालयमा प्रवक्ताको जिम्मेवारीमा छिन् ।
लोक सेवा आयोगका अध्यक्ष माधव रेग्मी अध्यक्षताको बढुवा सिफारिस समितिले रिक्त पदमा बढुवाको सिफारिस गरेको हो।