Logo
Logo

सरकारी संस्थानलाई ठगी गर्ने व्यापारी सिआइबीको फन्दामा


11.4k
Shares


काठमाडौैं । सरकारी स्वामित्वको दुग्ध विकास संस्थानलाई एक करोड २० लाख ठगी गरेको आरोपमा वीरगञ्जका व्यवसायी देवेन्द्र प्रसाद चौरसिया पक्राउ परेका छन् । संस्थानबाट उत्पादित दुग्धजन्य पदार्थ वीरगञ्ज क्षेत्रमा ढुवानी तथा बिक्रि वितरणको जिम्मा लिएका उनले त्यसको भुक्तानीमा ठगी गरेका हुन् ।


केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले गत बिहीबार उनलाई पक्राउ गरेको हो । उनले एक करोड २० रुपैयाँ ठगी गरेको भनेर संस्थानले सिआइबीमा उजुरी दिएको छ ।


वीरगञ्जस्थित देवेन्द्र तेल मिलका सञ्चालक चौरसियाले सामानको भुक्तानी गर्दा संस्थानको राजश्व खातामा एसपी पेयी चेक जम्मा गर्दै आएका थिए । तर, सो उनको खातामा पैसा हुँदैन थियो । त्यही भौचर संस्थानको कार्यालयमा पेश गरेर आफुले राजश्व जम्मा गरेको भ्रममा पारी ठगी गरेका हुन् । यसमा संस्थानको हेटौंडा परियोजनामा कार्यरत केही कर्मचारीको समेत मिलेमतोको आशंका गरिएको छ । सोही कार्यालयसँग सम्झौता गरी उनले संस्थानका उत्पादन वीरगञ्ज क्षेत्रमा बिक्रि गर्दे आएका थिए । उनले जम्मा गरेको चेक बाउन्स हुँदा पनि निरन्तर उनीसँग कारोबार हुनुले कर्मचारीको समेत संलग्नताको आशंका गरिएको हो । २०७३ देखि २०७९ सम्म उनले ठगी गरेको सिआइबीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्