Logo
Logo

प्रतिनिधिसभा बैठक बस्दै, यस्ता छन् सम्भावित कार्यसूची


819
Shares

काठमाडौं । संघीय संसद अन्तर्गको प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ । आजको बैठकमा राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त विभिन्न बिद्येयक प्रस्तुत हुने सम्भावित कार्यसुची रहेको संघीय संसद सचिवालयले जनाएको छ ।

जसअनुसार ‘खानेपानी तथा सरसफाइ विधेयक, २०७७’, ‘शपथ सम्बन्धी विधेयक, २०७९’, स्टान्डर्ड नाप र तौल पाँचौं संशोधन विधेयक, २०७४’, ‘प्रत्ययन विधेयक, २०७८’ विधेयक प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सभाबाट सन्देश सहित प्राप्त ‘तथ्यांक विधेयक, २०७८ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्” भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि संघीय संसद सचिवालयले सावर्जनिक गरेको छ ।

सबै बिद्येयकहरु राष्ट्रिय सभावाट सन्देशसहित प्रतिनिधिसभालाई प्राप्त भएका हुन ।

प्रतिक्रिया दिनुहोस्