Logo
Logo

म्याग्दीमा पहिरो, २ जनाको मृत्यु


504
Shares

बेनी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको तामिङमा पहिरोले घर बगाउँदा २ जनाको मत्यु भएको छ ।

३ जना बेपत्ता भएका छन् । स्थानीय घामबहादुर र गोठे बिकको घर पहिरोले पुरिएको मालिका गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्लले जानकारी दिए ।

गोठे बिकका छोरा राजन र नविनको पहिरोमा परी मृत्यु भएको छ । उनीहरूको शव घरभन्दा केही तल भेटिएको घटनास्थलमा रहेका निवर्तमान वडा सदस्य समबहादुर बिकले जानकारी दिए ।

गोठे र उनकी श्रीमती गोरी बिक घाइते भएका छन् । घमबहादुर, उनकी श्रीमति राममाया र छोरी रोजी बिक बेपत्ता भएका छन्।

प्रतिक्रिया दिनुहोस्