काठमाडौं । भारत सरकारले ५ जी लिलामीबाट २ खर्ब ४० अर्ब नेपाली रुपैयाँ आम्दानी गरेको छ ।
७ दिनसम्म ५जी स्पेक्ट्रमका लागि चलेको लिलामीबाट ४ जीको रेकर्ड ब्रेक भएको हो । सन् २०१५ मा ४ जीको लिलामीमा भारतले १ खर्ब भारतीय रुपैयाँ आम्दानी गरेको थियो ।
रिलायन्स जियो, भारती एयरटेल, भोडाफोन आइडिया र गौतम अडानीको अदानी डाटा नेटवर्कले ५जी स्पेक्ट्रमका लागि बोली लगाएका थिए । त्यसमध्ये रिलायन्स जियो सबैभन्दा आक्रामक लिलामीकर्ताका रुपमा देखिएको सञ्चारमाध्यमले जनाएका छन् ।
दोस्रो स्थानमा भारतीय एयरटेल छ । जियोले लिलामीका लागि ८ खर्ब ४५ अर्ब खर्च गरेको छ । एयरटेलले ४ खर्ब ६५ अर्ब भन्दा बढीको स्पेक्ट्रम खरिद गरेको छ । इन्टरनेट नेटवर्कको पाँचौं पुस्तालाई ५ जी भनिन्छ ।
यो ताररहित ब्रोडब्यान्ड इन्टरनेट सेवा हो । जसले उच्च गतिको इन्टरनेट सेवा प्रदान गर्दछ । ५जी इन्टरनेट सेवाको सुरुवातसँगै भारतमा धेरै परिवर्तन हुने अनुमान गरिएके छ ।
यसले जनताको काममा सहजता मात्र नभई मनोरञ्जन र सञ्चार क्षेत्रमा पनि धेरै परिवर्तन आउनेछ ।