Logo
Logo

भूकम्पीय जोखिम र क्षतिको अध्ययन गर्न टोली परिचालन गर्न डा. तुलाधरको माग


252
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा पार्टीका विपद् व्यवस्थापन विभागका प्रमुख डा. गंगालाल तुलाधरले हालै खोटाङ आसपासमा गएको भुकम्पले गरेको क्षतिको अध्ययन गर्न माग गरेका छन् ।

उनले कतिपय स्थानीय निकायहरूबाट त्यसबारे मागसमेत भइरहेको भन्दै पालिकाहरूमा भूकम्पीय विपद जोखिम र क्षतिको तत्काल अध्ययनको आवश्यकता औँल्याए ।

नेपाल सरकारअन्तर्गत राष्ट्रिय विपद जोखिम न्यूनिकरण र व्यवस्थापन परिषदका विज्ञ सदस्य समेत रहेका तुलाधरले क्षतिको माग गर्दै आवश्यक क्षतिपुर्ति र सहयोग गर्नुपर्ने माग गरे ।

खोटाङको साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी र चार सय ७५ घरमा क्षति पुगेको छ । हालसम्म संकलन विवरण अनुसार एक घर पूर्णरूपमा भत्किएको छ भने अन्यमा चर्किएर क्षति भएको जिल्ला विपद् व्यवस्थापन कार्यालयले जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्