Logo
Logo

ओलीको आरोप- कांग्रेस देशभक्तको हत्यारा


1k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसले देशक्तको हत्या गर्दै आएको आरोप लगाएका छन् । तुलसीलाल अमात्यको २५औँ स्मृती दिवसका अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसमाथि उक्त आरोप लगाएका हुन् ।

कांग्रेसले विगतदेखि नै देशभक्त नागरिकमाथि दमन गर्दै आएको बताए । उनले भने, ‘आज पनि एउटा देशभक्त शान्तिपूर्ण ढंगले जनतालाई गोलबद्ध गरेर जनताको हितमा काम गर्ने देशभक्तको हत्या हुनसक्छ,’ उनले भने,‘नेपाली कांग्रेसले विगतदेखि नै यस्ता देशभक्तको हत्या गर्ने काम गर्दै आएको थियो । अहिले पनि गर्न सक्छ ।’

कांग्रेसको मति त्यस बेलादेखि अहिलेसम्म परिवर्तन नभएको पनि अध्यक्ष ओलीले बताए । ‘त्यस बेलादेखि अहिलेसम्म कांग्रेसले मति परिवर्तन त गरेको छैन,’ उनले भने ।

विदेशी सेनालाई लिएर दमन गर्ने, गिरफ्तार गर्ने मान्छे कुटपिट गर्ने काम नेपाली कांग्रेसले नै गरेको ओलीको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्