Logo
Logo

प्रभावकारी रूपमा बजेट कार्यान्वयन गर्न प्रधानमन्त्रीको निर्देशन


378
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्री र सचिवहरुलाई बजेट प्रभावकारी रुपमा कार्यान्वयन गर्ने निर्देशन दिएका छन् ।

मंगलबार सिंहदरबारमा बसेको बैठकमा प्रधानमन्त्री देउवाले वार्षिक बजेट तथा कार्यक्रम कार्यान्वयनको अवस्था र कार्ययोजना प्रभावकारी कार्यसम्पादन गर्ने सम्बन्धमा सरकारका मन्त्री र सचिवहरुलाई निर्देशन दिएका हुन् । प्रधानमन्त्री देउवाले चालू आर्थिक वर्षको बजेट कार्यान्वयनका लागि मन्त्रालयगत योजनासहित उपस्थित हुन मन्त्री र सचिवहरुलाई निर्देशनसमेत दिएका थिए।

बैठकमा सरकारका काम कारबाहीबारे समीक्षा समेत भएको छ । प्रधानमन्त्री देउवाले यसअघि २१ पुसमा पनि यस्तै संयुक्त बैठक राखेर जनताको अपेक्षाअनुसार गर्न भन्दै निर्देशन दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्