Logo
Logo

लुम्बिनीमा विद्युतिय बस चल्ने


315
Shares

काठमाडौं । लुम्बिनी प्रदेशमा विद्युतिय बस चल्ने भएको छ । मंगलबार बसेको मन्त्रीपरिषद वैठकले पर्यटककाे सुविधाका लागि लुम्बिनीमा विद्युतीय बस संचालन गर्ने निर्णय गरेको हो ।

पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले तयार पारेको विवरणअनुसार बैठकले एक महिनाभित्र विद्युतीय बस सेवा संचालन गर्ने निर्णय गरिएको छ । लुम्बिनी जाने पर्यटकहरुलाई सहजताको लागि विद्युतीय बस संचालन गर्ने निर्णय गरिएको पर्यटनमन्त्री जीवनराम श्रेष्ठले बताए ।

लुम्बिनी विकास कोषको कोषध्याक्ष सिद्धिचरण भट्टराईकाअनुसार लुम्बिनी क्षेत्रको वातावरण सफा राख्न र प्रदुषणबाट लुम्बिनीलाई जोगाउन दुई वर्ष अगाडी पाँच वटा विद्युतिय बस र १४ वटा विद्युतिय भ्यान लुम्बिनी ल्याइएको थियो ।

लुम्बिीनी विकास कोषको नाममा नामसारी नभएका कारण उक्त बस र भ्यान दुई वर्षदेखि अलपत्र परेको थियो । एशियाली विकास बैंकको सहयोगमा खरिद गरेर ल्याइएको उक्त विद्युतिय बसलाई कसरी संचालन गर्ने भन्ने विषयमा कार्यविधि बन्दैछ ।

भैरहवामा गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल निमार्ण भइसकेको अवस्थामा लुम्बिनी, तिलौराकोट जाने पर्यकटहरुले पनि उक्त विद्युतिय बस प्रयोग प्रयोग गर्न पाउने छन् । बसको रुट कार्यविधि तयार भइसकेपछि तय हुने भट्टराईले दृष्टिलाई बताए ।

प्रतिक्रिया दिनुहोस्