Logo
Logo

अमेरिकी सभामुख पेलोसी ताइवानमा : चीनले बोलायो अमेरिकी राजदूत


6.6k
Shares

बेइजिङ । न्यान्सी पेलोसीको ताइवान भ्रमणको विरोधमा चीनको विदेश मन्त्रालयले बेइजिङका लागि अमेरिकी राजदूत निकोलस वन्र्सलाई बोलाएको छ ।

चिनियाँ उप-विदेश मन्त्री, झी फेङले पेलोसीको भ्रमणको प्रकृति ‘दुष्ट’ भएको र गम्भीर परिणामहरूको चेतावनी दिए । उनले चीन चुपचाप नबस्ने बताए । मंगलबार ताइवान पुगेकी पेलोसीले राष्ट्रपति र संसदसँग भेटघाट गर्ने अपेक्षा गरिएको छ ।

‘ताइवानको जीवन्त लोकतन्त्रलाई समर्थन गर्ने अटल प्रतिबद्धता’लाई सम्मान गर्न चाहेको सभामुख पेलोसीले बताइन् ।
एसिया भ्रमणका क्रममा चीनको चेतावनीबीच पेलोसी ताइवानको राजधानी ताइपेय पुगेकी हुन् । चीनले अमेरिकालाई ‘आगोसँग खेलिरहेको’ चेतावनी दिएको छ ।

चिनियाँ सेनाले ‘लक्षित सैन्य कारबाही’ सुरु गर्ने वाचा गरेको छ । दशकौँपछि अमेरिकी उच्च अधिकारीले ताइवानको भ्रमण गरेका हुन् । ताइवानको सम्भावित भ्रमणलाई लिएर चीनले अमेरिकाको विरोध गर्दै आएको थियो ।

एसिया भ्रमणको क्रममा सभामुख पेलोसिले ताइवान जाने अमेरिकी विदेश मन्त्रालयले केही उल्लेख गरेको थिएन् । पेलोसीले बुधवार बिहान ताइवानका राष्ट्रपति साई इङ्ग–वेनलाई भेट्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्