Logo
Logo

ताइवानको संसदमा पेलोसीको सम्बोधन


1.6k
Shares

ताइवान । अमेरिकाको तल्लो सदनकी सभामुख नेन्सी पेलोसीले ताइवानको संसदमा सम्बोधन गरेकी छिन् ।

बुधबार संसदमा सम्बोधनका क्रममा उनले आफूले अमेरिका र ताइवानबीच संसदीय आदानप्रदान बढाउन चाहेको उल्लेख गरेकी छिन् ।

पेलोसीले ताइवान विश्वको सबैभन्दा स्वतन्त्र समाजमध्येको एक रहेको उल्लेख गरेकी छिन् । पेलोसीले आगामी दिनमा अमेरिकाले ताइवानसँग विज्ञान प्रविधि तथा अनुसन्धानको क्षेत्रमा ठूलो लगानीको लागि सहकार्य गर्ने उल्लेख गरेकी छिन् ।

यसैबीच चीनको विदेश मन्त्रालयले पेलोसीले ताइवान भ्रमणबाट जवाफ माग्दै अमेरिकी राजदूत नेकोलास बन्र्सलाई बोलाएको छ ।

चिनियाँ उप विदेशमन्त्री सिए फेङले पेलोसीको भ्रमणलाई अनैतिक भ्रमणको संज्ञा दिँदै यो भ्रमणले गम्भीर परिणाम निम्त्याउन सक्ने चेतावनी दिएका छन् ।

उनले चीन त्यतिकै चुप लागेर नबस्ने स्पष्ट पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्