Logo
Logo

११ कक्षाको भर्ना साउन मसान्तसम्म लिन बोर्डको निर्देशन


567
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ मा बिद्यालयहरुले विद्यार्थी भर्ना गर्ने समय छोटो राखिएको भन्दै त्यसको म्याद बढाएर साउन मसान्तसम्म पुर्‍याएको छ ।

परिक्षा बोर्डले बुधवार सार्वजनिक सूचना जारी गर्दै एसईईको नतिजा ११ साउनमा प्रकाशित भएको र विद्यालय र क्याम्पसहरुले फरक–फरक भर्ना तालिका राखेर छोटो समयको म्याद राखिएको भन्दै साउन मसान्तसम्म म्याद बढाएको हो ।

छोटो समयको मात्रै भर्ना म्याद राख्दा देशका दुर्गम क्षेत्रका विद्यार्थीहरूले भर्ना अवसरबाट बञ्चित भएको गुनासो आएको भन्दै त्यस्तो निर्देशन दिएको हो । स्थानिय पालिकाहरुले सो बारेमा सहजीकरण गर्न पनि परिक्षा बोर्डले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्