Logo
Logo

कोसी पुरानै धारमा, २० हजारभन्दा बढी मानिस प्रभावित


882
Shares

उदयपुर । अविरल वर्षासँगै सप्तकोसीमा आएको बाढीले उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका छन् । झण्डै ३४ वर्षपछि कोसी पुरानै धारमा फर्किंदा उदयपुरको बेलका, सप्तरीको सप्तकोसी र कञ्चनरूप नगरपालिकाका केही बस्ती प्रभावित भएका हुन् ।

बुधबार बिहान जहाँ कोसीको बाढी पसेको छ, २०४५ सालअघि त्यही ठाँउबाट कोसी बग्थ्यो । तर, २०४५ सालको भूकम्पपछि कोसीले धार परिवर्तन गर्दै गएपछि उक्त स्थानमा बस्ती बसेको हो । अहिले कोसीले धार बदलेर पुरानै ठाँउमा आएपछि पछि बसेका बस्ती प्रभावित भएको छ ।

उदयपुरको बेलका नगरपालिका वडा नम्बर ३ का अध्यक्ष टंकप्रसाद आचार्यका अनुसार वडा नम्बर १, २, ३, ४, ८ र ९ का बस्ती बाढीले प्रभावित भएको छ । बाढीले बेलकामा मात्रै करिब २० हजार मानिस प्रभावित भएका छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अस्थायी बाँध बाँधेपनि बाढीले कटान गरेको छ । बाढी प्रभावितहरू अहिले आफन्तका घरमा आश्रय लिइरहेको अध्यक्ष आचार्यले जानकारी दिए । उनका अनुसार अहिले जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बस्दैछ ।

प्रतिक्रिया दिनुहोस्