Logo
Logo

हिमालय एअरलाइन्सद्वारा ‘कर्पोरेट सामाजिक उत्तरदायित्व रिपोर्ट’ सार्वजनिक


1.5k
Shares

काठमाडौं । हिमालय एअरलाइन्सले एक कार्यक्रम गरी ‘‘कर्पोरेट सामाजिक उत्तरदायित्व रिपोर्ट’ सन् २०२०-२१ सार्वजनिक गरेको छ ।

कोरोना महामारीका बेला सिंगो देश लकडाउनमा थियो । सर्वसाधारण सामान्य एउटा माक्स किन्नका लागि भौतारिनुपर्ने अवस्था थियो । एअरलाइन्स, होटल, रेष्टुराँ, स्कुल, कलेज, सार्वजनिक यातायात सबै ठप्प थियो ।

त्यस्तो कठिन अवस्थामा पनि हिमालय एअरलाइन्सले सरकार र विभिन्न संस्थालाई कोभिड सामाग्री र आर्थिक सहयोग पु¥याएको कुरा रिपोर्टमा उल्लेख गरिएको छ । बुधबार सार्वजनिक गरिएको रिपोर्टमा तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईलाई हिमालय एअरलाइन्सका उपाध्यक्ष विजय श्रेष्ठले एक करोड रुपैयाँको चेक हस्तान्तरण गरेका थिए ।

त्यसैगरी, उपाध्यक्ष श्रेष्ठले तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पिसिआर मेसिन, माक्स, ग्लोब्स सहयोग गरेका थिए । उक्त सामाग्री मन्त्री ज्ञवालीले गुल्मी जिल्लास्थित रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसाललाई हस्तान्तरण गरे ।

कोरोना महामारीको समय हवाईसेवा बन्द भएको बेला दुई लाख डोज भेरोसिल खोप चीनको कुनमिङबाट निःशुल्क कार्गो गरेर नेपाल ल्याउन हिमालय एअरलाइन्सले सहयोग गरेको थियो ।

त्यसैगरी, आम्दा अस्पताल दमक, झापालाई ५ सय आरडिटी किड्स, एक सय थान पिपिई सेट, दुई हजार पिस सर्जिकल माक्स, ५ हजार ग्लोब्स सहयोग गरेको थियो ।

हिमालय एअरलाइन्सका ब्राण्ड डिपार्टमेन्ट प्रमुख उज्ज्वला दलीका अनुसार कोभिडका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत सुरक्षाकर्मी, सहिद गंगालाल हृदय रोग केन्द्र, मनमोहन मेमोरियल अस्पताल फर्पिङ, ट्रमा सेन्टर महाँकाल र प्रयास नेपाललाई कोभिड सामाग्री सहयोग गरेको थियो ।

सन् २०१४ मा चीनसँगको संयुक्त लगानीमा स्थापित हिमालय एअरलाइन्सले काठमाडौं, दोहा, दुवई, दमाम, रियाद, क्वालालम्पुर, ढाका, बेइजिङ, चोङगिङ, नियमित उडान गर्दै आएको छ । आईएसओबाट सर्टिफिकेट पाएको यस एअरलाइन्सले यात्रुको सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्