Logo
Logo

मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु


693
Shares

चन्द्रौटा । कपिलवस्तुमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

बाणगङ्गा नगरपालिका–२ पिपराको मेचकुरीबाट लखनचोक आउँदै गरेको लु६४प ५७६२ नंका मोटरसाइकल अनियन्त्रित भई रूखमा ठोक्किएको इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दीपक बावु केसीले बताए ।

दुर्घटनाबाट मोटरसाइकल चालक बाणगङ्गा–२ निवासी २५ वर्षीय रमेश विक र २७ वर्षीय गोपाल विकको ज्यान गएको इलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्