Logo
Logo

भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली जापान जाँदै


504
Shares

काठमाडौं । जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका नेपाली नागरिकहरु अब छिट्टै जापान जान पाउने भएका छन् ।

बुधबार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले (एसएसडब्लु) प्रणाली मार्फत जापानिज भाषा र सीप परीक्षा उत्तीर्ण गरेका ८ सय ५० जनालाई जापान पठाउने प्रक्रिया अन्तिम चरणमा पुगेको जनाएको हाे ।

यसअघि सन् २०१९ मार्चमा एसएसडब्ल्यू प्रणाली अन्तर्गत नेपाली नागरिकलाई जापानमा रोजगारीका अवसर प्रदान गर्ने गरी नेपाल सरकार र जापान सरकारबीच श्रम सम्झौता भएको थियो ।

सो अन्तर्गत जापानका १४ वटा विभिन्न पेशागत क्षेत्रमा रोजगारीको लागि नेपालीलाई लैजाने विषयमा सहमति भएको थियो । नेपालीलाई रोजगारीको लागि जापान पठाउने प्रक्रियाको विषयमा छलफल गर्नका लागि एक प्रतिनिधिमण्डल कार्यसमिति बनेको थियो ।

भोलि (साउन १९ गते) बैठक बसेर नेपाली नागरिकलाई जापानमा रोजगारीको लागि बृहत छलफल गरि मन्त्रालयललाई छिटो कामदार पठाउने विषयमा सिफारिस गर्ने छ । उक्त विषयमा विस्तृत विवरण भोलिको बैठक पछि दिइने मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्