Logo
Logo

प्रचण्डको प्रमुख सुरक्षा अधिकृतमा डीएसपी न्यौपाने


20.3k
Shares

काठमाडाैं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख पीएसओ (पर्सनल सेक्युरिटी अफिसर) परिवर्तन भएका छन् ।

प्रहरी प्रधान कार्यालयले उनको सुरक्षा कमाण्डमा डीएसपी सिद्धराज न्यौपानेलाई खटाएको छ । न्यौपाने यसअघि जिल्ला प्रहरी कार्यालय कालिकोटमा कार्यरत थिए ।

प्रचण्डका यसअघिका पीएसओ नरेशराज सुवेदीको एसपीमा बढुवा भएको छ ।

प्रतिक्रिया दिनुहोस्