Logo
Logo

गठबन्धन बैठकमा चुनावी तालमेलबारे छलफल


1k
Shares

काठमाडौं । सत्तारूढ गठबन्धनका शीर्ष नेताहरुको बैठक अहिले जारी छ । सरकारले प्रतिनिधिसभा र प्रदेशको निर्वाचन मिति घोषणा गरेको भोलिपल्ट शुक्रबार बिहान गठबन्धनका नेताहरूको बैठकमा जुटेका हुन् । बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारी निवास बालुवाटारमा बसेको हो ।

बैठकमा चुनावी तालमेल, सिट बाँडफाँडका साथै लोकतान्त्रिक समाजवादी पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल हुने भइरहेको बताइएको छ ।

यसअघि सरकारको नेतृत्व गरिरहेका नेपाली कांग्रेसले लोसपालाई सरकारमा ल्याउने प्रस्ताव गरेको थियो । सत्ता गठबन्धन दलका शीर्ष नेताहरूले अहिलेको गठबन्धन चुनावसम्मै कायम रहने बताउँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्