Logo
Logo

गठबन्धन बैठक : निर्वाचनमा तालमेल गर्ने सहमति


189
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले मंसिर ४ को प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा मिलेर जाने निर्णय गरेको छ ।

शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको बैठकमा तालेमल गरेर जाने सहमति भएको हो । बैठकले सिट बाँडफाँटको गृहकार्य गर्न ९ सदस्यीय कार्यदलसमेत बनाएको छ ।

स्रोतका अनुसार कार्यदलमा नेपाली कांग्रेसबाट कृष्णप्रसाद सिटौला, महामन्त्री गगनकुमार थापा र ज्ञानेन्द्रबहादुर काकी छन् । माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन छन् ।

नेकपा एकीकृत समाजवादीबाट प्रमेश हमाल र महासचिव बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रामसहाय यादव, रकम चेम्जोङ र राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् ।

कार्यदलले कुन दलले कति सिट लिने भनेर साउन अन्तिमसातासम्म सिफारिस गर्ने छ ।

प्रतिक्रिया दिनुहोस्