Logo
Logo

झम्सिखेलमा हचुवामा वान वे लागूः स्कुल र ब्यापारीलाई फाइदा, नागरिकलाई सास्ती


17.7k
Shares


ललितपुर । महानगरपालिकाका मेयरमध्ये विकासवादी भनेर चिनिएका ललितपुरका चिरीबाबु महर्जनले एउटा प्राइभेट स्कुलको फाइदाका लागि झम्सिखेलदेखि समीट होटल ओरालोसम्मको सडक एकतर्फी गराएको स्थानीयले आरोप लगाएका छन् । कुपण्डोल हुँदै सानेपाको उकालो जोखिमपूर्ण छ । तर त्यो सडक एकतर्फी नबनाई खाली हुने झम्सिखेलको सडक एकतर्फी बनाउँदा त्यस क्षेत्रका बासिन्दालाई पुल्चोक जावलाखेल घुम्नुपरेको छ । जसका कारण मूल सडकको पुल्चोक जावलाखले खण्डमा सवारी चाप बढेको छ । ब्यापारी विनोद चौधरीको समिट होटललाई लाभ पुर्याउनका लागि सानेपाको उकालोमा दुईतर्फी गरिएको छ । तर गाडी चाप अति कम भएको समिट होटलदेखि झम्सिखेलको सडकमा एकतर्फी गरिएको छ ।


ब्रिटिस स्कुलको स्वार्थका लागि ललितपुर महानगरपालिकाका नगर प्रहरीका इन्चार्ज सीताराम हाछेथुको गलत सल्लाहमा मेयर चिरीबाबु महर्जनले जिल्लाको ट्राफिक प्रहरीसँग समेत समन्वय नगरी उक्त सडक एकतर्फी गराएको आरोप छ । ब्रिटिस स्कुल सुरु हुने र बन्द हुने समयमा एकाध घन्टामात्र उक्त सडकमा सवारी चाप केही बढी हन्छ । अरु समय प्रायः सडकमा सवारी चाप कम हुन्छ । तर ब्रिटिस स्कुलको स्वार्थका लागि उक्त सडक एकतर्फी(वान वे) गर्दा सानेपा भएर झम्सिखेल जानेहरु पुल्चोक जाउलाखेल हुँदै जानुपर्ने भएको छ ।


ललितपुर महानगरले भैंसेपाटी हुँदै नख्खुबाट आउने सवारी साधनका लागि एकान्तकुनाबाट एकतर्फी गराउँदा सवारी जाम कम भएको छ । यो कार्य सराहनीय नै मानिएको छ । तर झम्सिखेलमा एकतर्फी गनर््ुपर्ने कुनै कारण नै नभए पनि गरिएको स्थानीयको गुनासो छ । झम्सिखेलमा प्रधानसेनापति निवास पनि छ । नेपाल सरकारका विभिन्न निकायमा कार्यरत उच्चपदस्थ अधिकारी पनि त्यही क्षेत्रमा बस्दैआएका छन् । तर एउटा स्कुलको स्वार्थका लागि त्यो क्षेत्रका बासिन्दाहरुलाई अनावश्यक रुपमा घुमाउने कार्य ललितपुर महानगरले गरेको गुनासो छ ।

सुनसान सडकमा वान वे किन ?


यसरी मेयर महर्जनलाई झम्सिखेल क्षेत्रमाअवैज्ञानिक रुपमा वान वे गर्न गलत सल्लाह दिने काम नगर प्रहरीका प्रमुख हाछेथुले नै गरेको आरोप छ । हाछेथुमा पूर्वप्रहरीको धङधङ्गीबाँकी रहेकाले ट्राफिक प्रहरीसँग समेत समन्वय नगरी उनले झम्सिखेलमा वान वे गर्न लगाएका छन् । हचुवाका भरमा वान एउटा निजी स्कुल र एक ब्यापारीको फाइदाका लागि वान वे गर्दा हजारौं बासिन्दा त्यसको मारमा परेको कुरामा मेयर महर्जनको ध्यान जान नसकेको गुनासोको सुनुवाइ हुन सकेको छैन । आइजीपी धिरजप्रताप सिंहलाई झम्सिखेल क्षेत्रका बासिन्दाले अनुुरोध गरेपछि हचुवाका आधारमा लागू गरिएको वान वे हटाइयो । वान वे हटाइएपछि हाछेथुले नै मेयर महर्जनलाई उकासेर मिडियाबाजी गर्न लगाएका छन् । मेयर र आइजीपीबीच भएको संवादलाई अतिरन्जित गरी हाछेथुले मिडियाको कार्यालयमै गएर लेखाउँदैआएका छन् । हाछेथुले स्कुल र ब्यापारीबाट प्रभावित भई मेयर महर्जनलाई उकासेर गरेको गलत निर्णय रद्द गरेपछि उनी आइजीपी सिंहको बदनाम गर्न मिडियाको कार्यालय कार्यालय धाइरहेका छन् । झम्सिखेल क्षेत्रमा पनि पत्रकारको भीड जम्मा गरी आइजीपीबिरुद्ध मेयर उकास्ने काम हाछेथुले गरेका छन् । हाछेथुले स्कुल र ब्यापारीको लाभका लागि वान वे गरे पनि ट्राफिकले कार्यान्वयन नगरेकाले कार्यान्वयन हुन सकेको छैन । हाछेथुले वान वे गरेकाले उतैबाट कार्यान्वयन हुन्छ भन्दै ट्राफिकले कार्यान्वयन गर्न चासो देखाएको छैन । हाछेथुलाई मेयर महर्र्जनले महानगरको कार्यपालिकाको सहमति बेगर नै पेलेर नगर प्रहरीको इन्चार्जमा राखेका थिए । उनी नेपाल प्रहरीमा हुँदा आजीवन(असईदेखि इन्स्पेक्टरसम्म) काठमाडौंको ट्राफिकमा कार्यरत रहेका थिए । उनी जुन ट्राफिक पोष्टको इन्चार्ज भए, सो पोष्टको भवन निर्माणका लागि तीन गुणा बढी चन्दा ब्यापारीबाट असुली भक्तपुरमा आफ्नो निजी घरजग्गा जोडेको आरोप लागेको थियो । केन्द्रीय सरकारको अधिकारको क्षेत्रमा यसरी महानगरपालिका छिरेपछि यतीबेला मेयर र आइजिपीबीच समेत विवाद भएको छ ।

प्रतिक्रिया दिनुहोस्