Logo
Logo

जन्मदिनमै एआइजी पोखरेलको अवकाश


26.4k
Shares


काठमाडौं । नेपाल प्रहरीका एआइजी विश्वराज पोखरलले शुक्रबारदेखि अनिवार्य अवकाश पाएका छन् । नेपाल प्रहरीमा आइजिपीका प्रबल दाबेदार मानिएका पोखरेलको एआइजीबाट अवकाशपनि सम्मानजनक हुन सकेन ।


आइजिपी नियुक्ति विवादमा अदालत पुगेका उनको माग अदालतले सुनुवाई गरेन । गत ३१ असारमा अदालतले उनको रिट खारेज गरिदिएपछि उनले राजीनामा दिएका थिए । तर, राजीनामा स्वीकृत भएन । एआइजीको ५६ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् ।


दुई ब्याचलाई टपेर डिआइजी र एआइजी बढुवा भएका पोखरेललाई प्रहरीमा आइजिपीका एक्ला दाबेदारका रुपमा हेरिएको थियो । तर, उनीभन्दा डेढ वर्षपछि एआइजी भएका धिरजप्रताप सिंहलाई सरकारले गत बैशाख १८ मा आइजिपी बनाएपनि पोखरेल लगत्तै विदामा बसेर अदालत धाएका थिए ।


कार्यसम्पादनमा मध्यम मानिने पोखरेल आफ्नो ब्याचमा तुलनात्मक रुपमा आर्थिक रुपमा पारदर्शी थिए । उनी कुनै पनि अनियमिततामा मुछिएनन् । शक्तिकेन्द्रको असाध्यै चाकडी गर्ने भएकाले उनले अरुभन्दा छिटो छलाङ मारे । तर, शक्तिकेन्द्रसँगको स्वार्थी सम्बन्ध नै ‘अवसरवादी’ चरित्रका नै उनको असफलताको कारण बन्न पुग्यो । संयोगले शुक्रबार जन्मदिनमै उनले प्रहरी संगठनबाट गुमनाम रुपमा अवकाश पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्