Logo
Logo

गठबन्धनमा सत्तास्वार्थबाहेक कुनै सिद्धान्त मिल्दैन : भीम रावल


378
Shares

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सत्तारुढ पाँचदलीय गठबन्धन सिद्धान्तहीन र गन्तव्यहीन बताएका छन् । गठबन्धनबीच सत्तास्वार्थबाहेक देशको पक्षमा कुनै एजेण्डा नरहेको उनको आरोप छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक साक्षात्कारमा बोल्दै नेता रावलले अहिलेको गठबन्धन नेपालको संविधानका धारा २७९ को विपरीत रहेको दाबी गरे । सिद्धान्त र कार्यक्रम केही नमिल्ने दलहरूबीचको गठबन्धन आदर्शविहीन रहेको उनले टिप्पणी गरे ।

नेता रावलले प्रचण्ड–माधवप्रति कटाक्ष गर्दै कम्युनिष्टहरू कांग्रेसलाई चुनाव जिताउन पाएर दंग परिरहेको पनि आरोप लगाए ।
‘जसको कुनै सिद्धान्त, कार्यक्रम मिल्दैन तिनीहरूबीचको गठबन्धन गन्तव्यहीन र सिद्धान्तहीन हो’ उनले भने, ‘कोही संघीयताका विरोधी छन्, कोही संघीयताका जननी छन् । यस्ताहरुको स्वार्थ कसरी मिल्यो ?’

उनले गठबन्धनको सत्तास्वार्थबाहेक कुनै सिद्धान्त नमिल्ने बताए ।

प्रतिक्रिया दिनुहोस्