एजेन्सी । भारतको उपराष्ट्रपतिमा जगदीप धनखड निर्वाचित भएका छन् । विपक्षी दलको उम्मेदवार मार्गरेट अल्वालाई ३ सय ४६ मतान्तरले पराजित गर्दै धनखड उपराष्ट्रपतिमा निर्वाचित भएका छन् ।
धनखडलाई भारतीय जनता पार्टी (भाजपा)को नेतृत्वमा रहेको सत्तारुढ गठबन्धनले उम्मेदवार बनाएको थियो । धनखडले ५ सय २८ प्राप्त गरेको छ भने अल्वाले १ सय ८२ भन्दा कम मत प्राप्त गरेको लोकसभाका महासचिव उत्पल सिंहले बताए ।
धनखडले अगस्ट १० मा वेङ्कैया नायडुको कार्यकाल समाप्त भएपछि जिम्मेवारी सम्हाल्नेछन् । यसअघि उनी पश्चिम बंगालको राज्यपाल रहेका थिए ।