Logo
Logo

सूत्र नै बनाउँ, मातहतका नजरमा नगिरौं : प्रम ओली


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू र आफ्ना माहतका व्यक्तिलाई स्वच्छ, पारदर्शी र गतिशिल बनाउन आह्वान गरेका छन् । आर्थिक बर्ष २०७६/७७ को बार्षिक कार्ययोजना प्रष्तुती तथा कार्यन्वयन सम्झौता हस्ताक्षर कार्यक्रममा बोल्दै बुधबार प्रधानमन्त्री ओलीले सो आह्वान गरेका हुन् । प्रधानमन्त्री ओलीले भने “भ्रष्टाचार अन्त्य गर्न र सदाचारितालाई अवलम्बन गर्नका लागि सुत्र नै बनाउँ, मातहतको नजरमा नगिरौं । मातहतको नजरबाट गिर्नबाट जोगियो भने मान्छेले राम्रो काम गर्न सक्छ ।”

प्रधानमन्त्री ओलीले मन्त्री र सचिवहरुलाई कामलाई तिव्रता दिन र जेठ १५ मा बजेट ल्याउनुको उद्देश्य आत्मसाथ गर्न आग्रह गरेका छन् । “हामीले जेठ १५ मा बजेट ल्याएर असारभित्र पारित गर्ने परिपाटी किन सुरु ग¥यौं भने साउनको सुरुबाट काम गर्न सकिन्छ भन्ने सोचले हो” प्रधानमन्त्री ओलीले भने “तर पहिले जस्तो फागुनतिर बल्ल ठेक्का सदर हुने ग¥यो भने फेरी ठेक्का लाग्दा नलाग्दा पानी पर्ने बेला हुन्छ । अब त्यस्तो हुनु हुदैन । समय खेर फाल्नु भएन ।”

प्रधानमन्त्री ओलीले आफू र मन्त्रीहरुबीच कार्ययोजना सम्झौता भएकाले अब कामले तीव्रता लिने विश्वास व्यक्त गरेका छन् । “मेरो र मन्त्रीजीहरुको बीचमा सम्झौतामा हस्ताक्षर भएको छ । अब मन्त्रीजी र सचिबहरु बीचको सम्झौता भएर कामको गतिले तिव्रता लिने विस्वास लिएको छु” प्रधानमन्त्री ओलीले भने ।

प्रधानमन्त्री ओलीले सरकार भ्रष्टचारीहरुका विरुद्धमा अभूतपूर्व ढंगले अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री ओलीले भन्नुभयो “भ्रष्टाचारीहरुलाई मुद्धा चलाइएको छ । कारबाही दृढताका साथ अघि बढाइएको छ ।” कतिपय बेला संसदमा प्रतिपक्षीहरुले अनावश्यक रुपमा व्यवधान खडा गर्ने गरेको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने “हामीलाई रोक्ने र असफल बनाउने कुरा मञ्जुर छैन, लोकतन्त्रको रक्षा गर्ने र समुचित ढंगले अघि बढाउने कुरामा वर्तमान सरकार हामी दृढ छ ।” प्रधानमन्त्री ओलीले जनताले स्थिरताका लागि बहुमत दिएकोले वर्तमान सरकार जनताप्रति उतरदायित्व भएर काम गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्