काठमाडौं । जिल्ला अदालत काठमाडौंले अमित श्रेष्ठलाई थुनामा राख्न आदेश दिएको छ । मंगलबार न्यायाधीश नारायण सुवेदीले राष्ट्र बैंकको अनुमति बिना विदेशी मुद्राको कारोबार गरेको आरोप लागेका श्रेष्ठलाई थुनामा राख्न आदेश गरेका हुन् ।
प्रहरीले श्रेष्ठलाई क्रिप्टोकरेन्सीको कारोबार गरेको आरोपमा असार २९ मा पक्राउ गरेको थियो । सरकारी वकिल कार्यालयले श्रेष्ठविरुद्ध अवैध डलर कारोबार गरेको पुष्टि भएको भन्दै ४८ करोड ४ लाख ७२ हजार बिगो मागदाबी लिएर मुद्दा दायर गरेको थियो ।