Logo
Logo

अचानो प्रहारबाट श्रीमानको हत्या आरोमा महिला पक्राउ


1.3k
Shares

चितवन । पश्चिम चितवनको पार्वतीपुरमा अचानोको प्रहार गरी श्रीमानको हत्या गरेको अभियोगमा एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

घरायसी झगडा हुँदा श्रीमतीले अचानोले हिर्काउदा भरतपुर महानगरपालिका–२१ बस्ने ५६ वर्षीय टीकाराम विकको घरायसी विवादका कारण मृत्यु भएको प्रहरीले जनाएकाे छ ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी नरहरि अधिकारीका अनुसार सोमबार घरायसी झगडा हुँदा ५४ वर्षीय विनमाया विकले श्रीमान टीकारामलाई अचानोले प्रहार गरेकी थिइन् । टाउकाेमा चोट लागेका टीकारामको मङ्गलबार घरभित्र कोठामा शव भेटिएको हो ।

घटनामा संलग्न रहेको आशङ्कामा श्रीमती विनमायालाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । टीकरामको शव परीक्षणका लागि भरतपुर अस्पतालमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्