Logo
Logo

क्राइमियाको स्वतन्त्रपछि मात्र युद्ध सकिन्छ : जेलेन्सी


3.2k
Shares

युक्रेन । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्राइमियाको स्वतन्त्रतापछि मात्रै रुस-युक्रेन युद्ध सकिने बताएका छन्।

क्राइमियाको एक रुसी सैन्य अखडामा विस्फोट भए लगत्तै जेलेन्स्कीको यस्तो भनाइ आएको हो। आफ्नो रात्रिकालीन भिडिओ सम्बोधन क्राइमियाबारे केन्द्रित गरे पनि उनले विस्फोटबारे भाे केही उल्लेख गरेनन्।

‘क्राइमिया युक्रेन हो। हामी यसलाई त्याग्न सक्दैनौँ,’ जेलेन्स्कीले भने। ‘युद्ध क्राइमियाबाटै सुरु भयो र अब यसको स्वतन्त्रतासँगै अन्त्य हुनुपर्छ,’ उनले युद्धको समाप्तिअघि क्राइमिया पनि युक्रेनले फिर्ता लिनुपर्नेमा जोड दिए।

यसअघि क्राइमियाको एक सैन्य अखडामा भएका विस्फोटहरूमा एक जनाको मृत्यु भएको उक्त क्षेत्रमा रुसले नियुक्त गरेका प्रशासन प्रमुखले बताएका छन्।

उक्त टापुको पश्चिमी तटमा रहेको सैन्य अखडामा विस्फोट भएको उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। सामाजिक सञ्जालमा फैलिएका भिडिओहरूमा धेरै वटा विस्फोट भएका देखिन्छन्।

घटनापछि रुसको रक्षा मन्त्रालयले गोलाबारुद विस्फोट भएको बताए पनि त्यसको स्वतन्त्र पुष्टि हुन सकेको छैन। रुसको सरकारी समाचार संस्था रियाले रक्षा मन्त्रालयलाई उद्धृत गर्दै विस्फोटबाट गोलाबारुद भण्डारमा आगजनी नभएको उल्लेख गरेको छ।

प्रतिक्रिया दिनुहोस्