Logo
Logo

बेलायतद्वारा चिनियाँ राजदूतसँग स्पष्टिकरण लिएको ट्रसको भनाइ


1.2k
Shares

एजेन्सी । बेलायतले बुधबार चिनियाँ राजदूतलाई विदेश मन्त्रालयमा बोलाएर बेइजिङको ‘आक्रामक व्यवहार’ र हालैका दिनमा ताइवानलाई लक्षित गरी गरिएका गतिविधि ‘बढेको’ बारे स्पष्टीकरण माग गरेको छ ।

बेलायती विदेशमन्त्री लिज ट्रसले ताइवानको हवाई क्षेत्रमा चिनियाँ क्षेप्यास्त्र प्रक्षेपण र घुसपैठबारे जानकारी दिन आफूले राजदूत झेङ जेगुआङसँग छलफल गरी जानकारी लिएको बताएका छन् ।

गत साता अमेरिकी प्रतिनिधि सभाकी सभामुख न्यान्सी पेलोसीले उक्त टापुको भ्रमण गरेपछि सैन्य अभ्यास सुरु भएको थियो ।

‘बेलायत र साझेदारहरूले ताइवान वरपरको क्षेत्रमा चीनको गतिविधि वृद्धिको आलोचना गरेका छन्, जुन हाम्रो हालैको जी–७ वक्तव्यबाट देखिएको छ,’ ट्रसले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

‘मैले चिनियाँ राजदूतलाई बोलाएर आफ्नो देशको गतिविधिबारे स्पष्ट पार्न निर्देशन दिएँ ।’ ‘हामीले हालैका महिनाहरूमा बेइजिङको तर्फबाट बढ्दो आक्रामक व्यवहार र भनाइ देखेका छौं, जसले यस क्षेत्रको शान्ति र स्थिरतालाई खतरामा पारेको छ ।’

प्रतिक्रिया दिनुहोस्