Logo
Logo

भीरबाट चिप्लिएर एक सैनिकको मृत्यु


756
Shares

हुम्ला । कर्णाली करिडोर निर्माणका लागि हुम्ला खार्पुनाथ गाउँपालिका–१ लालिबगरमा रहेको नेपाली सेनाको विकास कार्यदलमा कार्यरत एक सैनिकको मृत्यु भएको छ ।‍

कर्णाली करिडोर निर्माणका क्रममा चट्टाने भीर छिचोल्नका लागि बम विस्फोट गराउने मेसिन जाँच गर्न जाँदा मेसिनबाट चिप्लिएर प्रा.अ.म. टिकाराम लामिछानेको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी सीता परियारले जानकारी दिए । उनको बिहीबार बिहान ६ बजे मृत्यु भएको उनले बताए । मृतक लामिछानेको सनाखतका लागि प्रक्रिया अघि बढिरहेको परियारले बताए ।

उनी मेसिन भएको स्थानबाट एक सय मिटर तल खसेका थिए । मेसिन जाँच गर्नका लागि उनीसँगै पुगेका हरिराम विष्ट चिप्लिएपछि उनलाई बचाउन खोज्दा लामिछानेको मृत्यु भएको प्रजिअ परियाले जानकारी दिए । विष्टलाई भने सामान्य घाइते चोट लागेको छ ।

प्रतिक्रिया दिनुहोस्