काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)मा सरकारले अतिरिक्त प्रमुख अनुसन्धान निर्देशक(एआइजी)को पद थप गरी दुई जनाको बढुवा गरेको छ । हुतराज थापा र ओम जोशीलाई बिहीबार मन्त्रिपरिषद्ले बढुवा गरेको हो ।
उनीहरुमध्ये एक जना एक महिनापछि विभागको प्रमुख हुनेछन् । दुई जनाको टक्करले बैशाखदेखि विभागमा एआइजीको एक पद रिक्त थियो । बागबन्डा मिलाउन यसरी पद थपिएको हो । यससँगै विभागमा बढुवाको जाम खुलेको छ ।