Logo
Logo

त्रिशूलीमा ट्रक खस्यो, थप विवरण आउन बाँकी


567
Shares

काठमाडौं । मुग्लिन नजिकै त्रिशूली नदीमा ट्रक खसेको छ ।

इच्छाकामना गाउँपालिका-४ स्थित नाग्दी खोला भन्ने ठाउँबाट ट्रक त्रिशूली नदीमा खसेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार त्रिशूलीमा खसेको ट्रकको केही भाग मात्रै देखिएको छ । अहिले मुग्लिनबाट प्रहरी टोली घटना स्थल पुगेको छ । ट्रकमा कति जना सवार थिए र उनीहरुको अवस्था कस्तो थियो भन्ने जानकारी नआएको प्रहरीले जनाएको छ ।

ट्रक नदीमा डुबेकोले नम्बर खुलेको छैन । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्