Logo
Logo

एक वर्षमा १४० जना राष्ट्रसंघीय सहायताकर्मीको हत्या


एजेन्सी

378
Shares

संयुक्त राष्ट्रसंघ । एक वर्षमा अर्थात सन् २०२१ मा संयुक्त राष्ट्रसंघका १४० सहायताकर्मीको हत्या भएको पाइएको छ ।

राष्ट्रसंघीय निकायले शुक्रबार सार्वजनिक गरेको विवरणमा यो संख्या अन्य अघिल्ला वर्षहरूको तुलनामा धेरै भएको उल्लेख गरिएको छ । सन् २०१३ पछिकै सबैभन्दा धेरै भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूको हत्या सहायता प्रदान गर्ने कामकै सिलसिलामा भएको पनि प्रतिवेदनमा उल्लेख गरिएको छ ।

राष्ट्रसंघको मानवीय मामिला समन्वय कार्यालयले प्रकाशित गरेको विज्ञप्तिमा अरु २०३ सहायताकर्मी घाइते भएको जनाइएको छ । त्यसैगरी ११७ सहायताकर्मीलाई भने विभिन्न ठाउँबाट अपहरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ । राष्ट्रसंघीय निकायले अरु १६८ जनामाथि आक्रमण भएको पनि जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्