Logo
Logo

प्रचण्डले भने- कांग्रेस ८० सिटसम्ममा मान्न सक्छ


2.2k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली काँग्रेस सिट बाँडफाँटमा ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका छन् ।

शनिबा। पार्टीको स्थायी समिति बैठकमा प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सिट बाँडफाँटको बारेमा छलफल कार्यक्रममा अध्यक्ष प्रचण्डले यस्तो धारणा व्यक्त गरेका हुन् ।

पार्टी मुख्यालय पेरिसडाँडामा बसेको बैठकमा सिट बाँडफाँटका लागि गठबन्धनले बनाएको कार्यदलमा भएको प्रगतिबारे छलफल भएको हो ।

स्थायी समिति सदस्य लीलामणि पोखरेलका अनुसार बैठकमा कार्यदलका सदस्यहरूले हालसम्म भएको छलफलबारे रिपोर्टिङ गरेका थिए । कार्यदलका सदस्यहरूको कुरा सुनेपछि अध्यक्ष प्रचण्डले ८० सिटसम्ममा मान्न सक्नेमा विश्वास व्यक्त गरेका थिए ।

शनिबारको बैठकमा भएको छलफलअनुसार कार्यदलका सदस्यहरूलाई गठबन्धनको कार्यदलको बैठकमा कुरा राख्न अध्यक्ष प्रचण्डले आग्रह गरेको पोखरेलले बताए ।

प्रतिक्रिया दिनुहोस्